काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मल सिटौलाबिरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सिटौला टेलिकममा स्थायी जागिरे भए पनि ठेक्कापट्टा गरेको उजुरी परेपछि उनीबिरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ । तर टेलिकममा जागिर खाएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा बार्षिक करोडौंको ठेक्का लिने टोपेन्द्र बीसीलाई भने अख्तियारले देखेको छैन । ।
टेलिकमका ७ तहका बरिष्ठ इन्जीनीयर बीसी कहिल्यै टेलिकमको काम गर्दैनन्, उनलाई प्रहरी प्रधान कार्यालय नक्साल, सशस्त्र मुख्यालय हल्चोक र जंगीअड्डा भद्रकालीमा खरदिका हाकिमहरुकोमा ठेक्कामा डिल गर्दैगरेको भेटिन्छ ।
अख्तियारले प्रहरी, सेना र सशस्त्रका मुख्यालयमा गएर बन्दोबस्तीका सामानको ठेक्का सम्झौता, ठेक्काका प्रिमिटिङ लगायतका डकुमेन्टमा बीसीको हस्ताक्षर फेलापर्ने स्रोत बताउँछ । बीसीले सालो समुन्द्र खड्का र श्रीमतीका नाममा तेजसम इन्टरप्राइजेज र पार्वती ट्रेडर्स लगायतका कम्पनी खोलेर ठेक्कापट्टा गर्दैआएका छन् ।
सिटौलाविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले दसौं बर्षदेखि टेलिकमका अर्का कर्मचारी बीसीले गरेको ठेक्कापट्टामा भने ध्यान दिन सकेको छैन ।
सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एण्ड थोकर कन्ट्रक्सनमा समेत कार्य गरी व्यापार व्यवसाय गरेको र सूर्यबिनायक–धुलिखेल–सिन्धुली–बर्दिवास रोड प्रोजेक्टमा ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले बीसीको छानबिन गर्ने हो भने थुप्रै ठेक्का डकुमेन्टमा बीसीको हस्ताक्षर भेटाउनेछ ।
टेलिकमबाट काम नगरी तलव खाने बीसीले सालाका नाममा दर्ता गरेको पार्वती ट्रेडर्सलाई केही बर्षअघि नेपाली सेनाले कालोसूचीमा राखेको थियो । दोस्रो संविधानसभाको निर्वाचनअघि टेण्डर गरेको सामान ५ बर्षसम्म नबुझाएपछि २०७५ मा नेपाली सेनाले पार्वती ट्रेडर्सलाई कालोसूचीमा राखेको थियो ।
नेपाल टेलिकमका जागिरे बीसीले आफ्ना प्रतिस्पर्धी ठेकेदारहरुको कलडिटेल निकालेर गैरकानुनी रुपमा प्रहरी र सेनाका हाकिमहरुलाई दिने गरेको आरोप पनि लाग्ने गरेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend