काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मल सिटौलाबिरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सिटौला टेलिकममा स्थायी जागिरे भए पनि ठेक्कापट्टा गरेको उजुरी परेपछि उनीबिरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ । तर टेलिकममा जागिर खाएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा बार्षिक करोडौंको ठेक्का लिने टोपेन्द्र बीसीलाई भने अख्तियारले देखेको छैन । ।
टेलिकमका ७ तहका बरिष्ठ इन्जीनीयर बीसी कहिल्यै टेलिकमको काम गर्दैनन्, उनलाई प्रहरी प्रधान कार्यालय नक्साल, सशस्त्र मुख्यालय हल्चोक र जंगीअड्डा भद्रकालीमा खरदिका हाकिमहरुकोमा ठेक्कामा डिल गर्दैगरेको भेटिन्छ ।
अख्तियारले प्रहरी, सेना र सशस्त्रका मुख्यालयमा गएर बन्दोबस्तीका सामानको ठेक्का सम्झौता, ठेक्काका प्रिमिटिङ लगायतका डकुमेन्टमा बीसीको हस्ताक्षर फेलापर्ने स्रोत बताउँछ । बीसीले सालो समुन्द्र खड्का र श्रीमतीका नाममा तेजसम इन्टरप्राइजेज र पार्वती ट्रेडर्स लगायतका कम्पनी खोलेर ठेक्कापट्टा गर्दैआएका छन् ।
सिटौलाविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले दसौं बर्षदेखि टेलिकमका अर्का कर्मचारी बीसीले गरेको ठेक्कापट्टामा भने ध्यान दिन सकेको छैन ।
सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एण्ड थोकर कन्ट्रक्सनमा समेत कार्य गरी व्यापार व्यवसाय गरेको र सूर्यबिनायक–धुलिखेल–सिन्धुली–बर्दिवास रोड प्रोजेक्टमा ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले बीसीको छानबिन गर्ने हो भने थुप्रै ठेक्का डकुमेन्टमा बीसीको हस्ताक्षर भेटाउनेछ ।
टेलिकमबाट काम नगरी तलव खाने बीसीले सालाका नाममा दर्ता गरेको पार्वती ट्रेडर्सलाई केही बर्षअघि नेपाली सेनाले कालोसूचीमा राखेको थियो । दोस्रो संविधानसभाको निर्वाचनअघि टेण्डर गरेको सामान ५ बर्षसम्म नबुझाएपछि २०७५ मा नेपाली सेनाले पार्वती ट्रेडर्सलाई कालोसूचीमा राखेको थियो ।
नेपाल टेलिकमका जागिरे बीसीले आफ्ना प्रतिस्पर्धी ठेकेदारहरुको कलडिटेल निकालेर गैरकानुनी रुपमा प्रहरी र सेनाका हाकिमहरुलाई दिने गरेको आरोप पनि लाग्ने गरेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend