Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • डा. नेपाललाई गोविन्द बियोगी पत्रकारिता पुरस्कार, वस्ती र आचार्यलाई सम्मान गरिने


    मंगलबार, पुष २९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सम्पादक समाज नेपालले यो बर्षको गोविन्द बियोगी पत्रकारिता पुरस्कार–२०८२ रत्नराज्यलक्ष्मी क्याम्पसका पत्रकारिता तथा आमञ्चार विभागका प्रमुख डा. जगत नेपाललाई प्रदान गर्ने भएको छ ।

    सम्पादक समाज नेपालको आइतबार बसेको बैठकले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरेको यो पुरस्कार डा. नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो । यो पुरस्कार प्रमाणपत्रसहित नगद रु. २५ हजार एक रहेको छ ।

    यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार वातावरण संरक्षण एवं जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा कलम चलाउँदै आउनु भएका गोरखापत्र दैनिकका पत्रकार चाँदनी हमाल र नेपाल भाषाका माध्ययमबाट पत्रकारिता क्षेत्रमा योगदान पुयाउँदै आउनु भएका ‘शुक्रवाः या तँसापौ साप्ताहिक’ का स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गर्ने निर्णय सम्पादक समाज नेपालले गरेको छ । यो पुरस्कार जनही रु. १५ हजार एक र प्रमाणपत्रसहित प्रदान गरिने छ ।

    सम्पादक समाज नेपालको २०८२ पुस २७ गते बसेको बैठकले यस वर्षका लागि वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई सम्पादक समाज नेपाल सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको छ ।

    बैठकले आगामी २०८२ माघ ३ गते शनिवार, संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौर, शिवपुरी–७ मा पुरस्कार हस्तान्तरण एवं सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेकोे बैठकले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष होमनाथ दाहाल एवं वरिष्ट संचारकर्मी माइकल (हरिश) चन्दको निधनमा शोक प्रस्ताव पारित गरेको छ । वैठकले दुवै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार