Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • नेकपाका २५ सय केन्द्रीय सदस्यको शपथ आज, पेरिसडाँडामा विशेष कार्यक्रम हुँदै


    मंगलबार, पुष २९ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित डेढ दर्जनभन्दा धेरै कम्युनिस्ट घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

    विभिन्न घटकसँगको एकतापछि नेकपामा केन्द्रीय सदस्यहरुको संख्या झण्डै २५ सय पुगेको छ।

    विभिन्न समूहबाट एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले आज शपथ लिन लागेका हुन्।

    शपथ ग्रहण कार्यक्रम भौतिक र भर्चुअल दुवै माध्यमबाट हुने बताइएको छ।

    शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ शुल्क तिरेपछि परिचयपत्र पाउने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार