काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छन् ।
देउवा निवासमा सोमबार अपराह्न बसेको संस्थापन पक्षका नेताहरुको बैठकले बिशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गर्न सभापति र कार्यबाहक सभापतिलाई दिएको छ । सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयसँग छलफल गर्ने र पार्टी बिभाजनबाट जोगाउनेबारेमा आजै राति छलफल गर्ने भएका छन् ।
देउवा निवासबाट बाहिरिने क्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले आजै महामन्त्रीहरूसँग संवाद गर्ने जानकारी दिए ।
पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै महामन्त्रीद्वय गगन–विश्वको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।
१४औं महाधिवेशनका बहुमत प्रतिनिधि महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रस्तावमाथि छलफलमा जुटिरहेका छन् । बिशेष महाधिवेशनमा पार्टीको नीति र नेतृत्व फेर्नका लागि ६३ प्रतिशतभन्दा बढीले हस्ताक्षर गरिसकेको र अझै त्यो संख्या थपिने क्रम जारी रहेको दाबी महामन्त्रीद्वय थापा र शर्मा पक्षको दाबी छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend