काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छन् ।
देउवा निवासमा सोमबार अपराह्न बसेको संस्थापन पक्षका नेताहरुको बैठकले बिशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गर्न सभापति र कार्यबाहक सभापतिलाई दिएको छ । सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयसँग छलफल गर्ने र पार्टी बिभाजनबाट जोगाउनेबारेमा आजै राति छलफल गर्ने भएका छन् ।
देउवा निवासबाट बाहिरिने क्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले आजै महामन्त्रीहरूसँग संवाद गर्ने जानकारी दिए ।
पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै महामन्त्रीद्वय गगन–विश्वको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।
१४औं महाधिवेशनका बहुमत प्रतिनिधि महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रस्तावमाथि छलफलमा जुटिरहेका छन् । बिशेष महाधिवेशनमा पार्टीको नीति र नेतृत्व फेर्नका लागि ६३ प्रतिशतभन्दा बढीले हस्ताक्षर गरिसकेको र अझै त्यो संख्या थपिने क्रम जारी रहेको दाबी महामन्त्रीद्वय थापा र शर्मा पक्षको दाबी छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend