Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस विशेष महाधिवेशनको बन्द सत्र भोलिसम्म लम्बिने


    सोमबार, पुष २८ २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि (मंगलबार)सम्म लम्बिने भएको छ ।

    दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र लम्बिएको हो ।

    विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईँले आज नसकिने बताए । मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् ।

    उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार