Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • देश जलेको बेला उत्सव मनाउनेहरू दास होइनन्, स्पार्टाकस हुन् :शंकर पोखरेल


    सोमबार, पुष २८ २०८२
    960
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबार बिशेष महाधिवेशनको उदघाटन सत्रमा आफ्नो पार्टीभित्र प्रश्न सोध्न नपाउने ‘बा’हरुको जस्तो नभएको अभिब्यक्ति दिएपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक संजालमा जवाफ फर्काएका छन् ।

    पोखरेलले ‘देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरु कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरु नै आजको समयका स्पार्टाकस पनि हुनसक्ने उल्लेख गरेका छन् ।

    ‘ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन्’–पोखरेलले लेखेका छन्, यसरी पनि सोच्न सकिन्छ—भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता होस त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो।
    विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता होस त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो ।

    संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ?

    हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्।

    ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार