Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • कांग्रेस महामन्त्रीद्वय थापा र शर्मालाई विनोद चौधरीको आग्रहः नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्नुस्


    आइतबार, पुष २७ २०८२
    640
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका पूर्वसांसद विनोद चौधरीले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गरेका छन् ।

    काठमाडौंको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    चौधरीले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरूको सपना पूरा हुने गरी विकासको खुड्किलोमा अघि बढाउनुपर्ने बताए ।
    उनले भने–‘नेपाली कांग्रेसले कम्सेकम ५० प्रतिशत नयाँ अनुहारहरूलाई अब आउने निर्वाचनमा उम्मेदवार बनाएको देख्न चाहन्छ ।

    नेपाली कांग्रेसले जेनजीको भावना बोकेकाहलाई पार्टी नेतृत्वको रूपमा उभ्याएको देख्न चाहन्छ । म आज मञ्चबाट दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छु–अगाडि बढ्नुहोस् । आजको यो यात्रालाई अधुरो नछोड्नुस् । यसलाई एउटा निर्णायक ठाउँमा पुर्‍याउनुहोस् ।’

    नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाइ कांग्रेसबाट भएको हेर्न चाहेको समेत बताए ।

    उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरूलाई उम्मेदवार बनाउनुपर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार