Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • रास्वपाले समानुपातिकतर्फको बन्दसूची अद्यावधिक गर्ने 


    आइतबार, पुष २७ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीको नाम अद्यावधिक गर्ने भएको छ ।

    रास्वपाले आज निर्वाचन आयोग पुगेर अद्यावधिक विवरण बुझाउन लागेको हो । रास्वपा र उज्यालो नेपालबीच एकता सम्झौता हुँदा दुई दलले समानुपातिकतर्फको सूची भागबन्डा गरेर बुझाएका थिए ।

    तर, शनिवार साँझ दुई दलबीचको एकता भाँडिएसँगै रास्वपाले उज्यालो नेपालतर्फबाट यसअघि बुझाइएको नामहरूलाई अद्यावधिक गरी अर्को सूची बुझाउन लागेको हो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार