Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • घिसिङको बहिर्गमनसँगै तीन मन्त्रालय नेतृत्वबिहीन, मन्त्रीको चर्चामा पूर्वसचिव कार्की र शर्मा


    बिहिबार, पुष २४ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । कुलमान घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईसहित तीन मन्त्रालय मन्त्रीबिहीन भएका छन् । ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय मन्त्रीबिहीन भएका छन् ।

    उज्यालो नेपाल पार्टी खोलेर त्यो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा बिलय गरी उपसभापति भएका घिसिङलाई मन्त्रीबाट राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले नै निर्देशन दिएकी थिइन् । आफू रास्वपाको सदस्य नभएको भन्दै घिसिङले राजीनामा दिन आनाकानी गर्दैआएका थिए । तर दलका उपसभापति नागरिक सरकारका मन्त्रीमा रहिरहन नमिल्ने धारणा सामाजिक संजालमा ब्यापक हुन थालेपछि घिसिङले राजीनामा दिन बाध्य भए ।

    घिसिङको राजीनामापछि प्रधानमन्त्रीले रिक्त तीन मन्त्रालयको मन्त्री कसलाई नियुक्त गर्ने हुन् भन्ने चर्चा परिचर्चा सुरु भएको छ । ऊर्जासहित तीन बिकासे मन्त्रालयको मन्त्रीमा प्राबिधिक पृष्ठभूमिका दुई सचिवको नाम चर्चामा आएको छ ।

    भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव देवेन्द्र कार्की र अर्थ मन्त्रालयका पूर्वसचिव सुमनप्रसाद शर्माको मन्त्रीमा चर्चामा आएको छ । इन्जीनीयर नै भए पनि सचिवमा क्लष्टरको ब्यवस्था नहुँदा शर्मा अर्थमन्त्रालयको सचिव पनि भएका थिए । कार्की र बस्नेतमध्येबाट कार्कीले रिक्त मन्त्री नियुक्त गर्ने संभावना रहेको स्रोत बताउँछ ।

    शर्माले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । सूचना तथा सञ्चार, अर्थ लगायत मन्त्रालयमा समेत कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका शर्माले अहिले विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा विज्ञको भूमिका निर्वाह गरिरहेका छन् ।

    कार्की ऊर्जा सचिव पनि भएका थिए ।  कार्कीलाई केपी ओली नेतृत्वको सरकारले २०८१ साउनमा विद्युत प्राधिकरणको बोर्ड सदस्यमा नियुक्ति गरेको थियो । प्राधिकरणका बोर्ड सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर कार्की र महेन्द्रबहादुर गुरुङलाई बोर्ड सदस्य नियुक्त गरिएको थियो । जुनबेला प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ नै थिए । घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर कार्कीलाई नियुक्त गर्न कांग्रेस नेतृ डा. आरजु राणाकै योजनामा उनलाई बोर्ड सदस्यमा प्रवेश गराइएको चर्चा पनि सो समयमा भएको थियो ।

    त्यसैगरी कानुन मन्त्रालयका पूर्वसचिव उदय सापकोटाको नाम पनि मन्त्री हुने चर्चामा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार