काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा पूर्वसांसद ज्ञानेन्द्र शाहीले पार्टीले पठाएको समानुपातिक सूचीप्रति सुरुदेखि बिरोध गर्दैआएका छन् । शाहीले राप्रपाले समानुपातिक सांसदमा पठाएका नामहरुप्रति सार्वजनिक रुपमा बिरोध गर्दैआएका छन् । समानुपातिक सांसदका उम्मेदवारको सूची पठाउँदा राप्रपामा पैसावाल हावी भएको चर्चा पनि हुन थालेको छ ।
भरत गिरी र खुस्बु ओलीको नाम समानुपातिकको पहिलो नम्बरमा राखिनुमा धनवादले काम गरेको आरोप पार्टी नेतृत्वमाथि लागेको छ । गिरी करोडौंपति हुन् भने ओलीका श्रीमान पनि जग्गाका कारोबारी भएकाले पार्टीमा योगदान र दुःख कष्टभन्दा पनि आर्थिक पक्ष हावी भएको गुनासो प्रकट हुन थालेको छ ।
पार्टीका प्रवक्ता शाहीले त एक टेलिभिजन अन्तर्वार्तामा पार्टीले समानुपातिक सूचीको पहिलो नम्बरमा राखिएकी खुस्बु ओलीको नामै लिएर उनलाई समानुपातिकमा राखिएकोमा बिरोध गरेका छन् ।
शाहीले भनेका छन्–‘खुस्बु ओली क्षमता भएकी मान्छे, उहाँले प्रत्यक्ष चुनाव लड्नुपर्ने हो । राप्रपाले एक सिट त गुमायो नि । समानुपातिक त अर्को मानिस पनि त हुनसक्थ्यो । उहाँले गलत बाटो अपनाउनुभयो, सजिलो बाटो खोज्नुभयो ।
ओलीले चुनाव जितेर आउन सक्नुहुन्थ्यो । त्यसका लागि हामी जे पनि गर्नसक्थ्यौ, चुनाव प्रचार गथ्यौं, समानुपातिक ब्यवस्था भनेको हार्वर्ड पढेका मानिसका लागि होइन । समानुपातिक ब्यवस्था नेपालको संविधानले विपन्नका लागि खडा गरेको हो । राप्रपाले साधारण सदस्य पनि रहन नपाउनेगरी उहाँलाई कारबाही गरेको हो ।
आज राप्रपामा खुस्बु ओलीभन्दा धेरै क्षमता भएका तर विपन्नका छोराछोरी छन् । राप्रपाभित्र खुस्बु भन्दा बढी अध्ययन गरेका सजिना कार्कीजस्ता इन्जीनीयर हुनुहुन्छ । यस्ता कयौैं महिलाहरु राप्रपा जोगाउन लाठी खाएर रगत बगाएर आएका छन् । थुप्रै महिला दिदीबहिनीहरु छन् । चुनाव लडेका छन् पटक पटक । आफ्नो मेहनत र परिश्रम गर्दछन् । हरेक कुरामा अब्बल छन् तर उनीहरुले अवसर पाएका छैनन् ।
उदाहरणका लागि सजिना कार्कीलाई नै लिन सकिन्छ । उहाँ इन्जीनीयर, राम्रो पढेको मानिस हो । अरु कयौं दिदीबहिनी छन् । पार्टी जोगाउन रगत बगाएका छन् । पढाइ र बोल्न पनि अब्बल छन् ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend