सुनिलबाबु पन्त
नेपालको विकास बहस सधैँ एउटा बिन्दुमा ठोक्किन्छ- ‘वैदेशिक सहायता ।’ हामीलाई दशकौँदेखि एउटै भाष्य सिकाइएको छ : पश्चिमा शक्तिहरू र ठूला अर्थतन्त्र भएका देशहरू हाम्रा ‘दाता’ हुन्, उनीहरूले दिएको अनुदान र ऋणले हाम्रो देश चलिरहेको छ । तर, के यो सम्बन्ध साँच्चै एकतर्फी परोपकार हो ?
तथ्याङ्कको गहिराइमा पस्ने हो भने दृश्य अर्कै देखिन्छ । नेपालले जति सहायता प्राप्त गर्छ, त्यसको तुलनामा भिसा शुल्क, महँगो शिक्षा र ‘बौद्धिक पलायन’ (Brain Drain) मार्फत नेपालले ती देशहरूलाई गर्ने ‘उल्टो सहयोग’ कयौँ गुणा बढी छ ।
१. सहायताको आवरणमा ऋणको व्यापार
नेपालले बार्षिक करिब १ अर्ब अमेरिकी डलरको विकास सहायता (ODA) प्राप्त गर्छ । तर, यसको आधाभन्दा बढी हिस्सा ऋण हो । यो त्यस्तो ऋण हो, जसले नेपालको सार्वजनिक ऋणको भारमात्र बढाउँदैन, बरु हाम्रा राष्ट्रिय नीतिहरूमा दाताका सर्तहरू हाबी गराउँछ । विडम्बना त के छ भने, सहायताको ठूलो हिस्सा प्राविधिक सहयोगका नाममा ती नै देशका परामर्शदाता (Consultants) र संस्थाहरूको गोजीमा फिर्ता जान्छ ।
२. शिक्षा र पूँजी पलायनको भयावह चित्र
नेपाल राष्ट्रबैंकको तथ्याङ्कले एउटा डरलाग्दो यथार्थ प्रस्तुत गर्छ । गत आर्थिक बर्षमा नेपाली विद्यार्थीले विदेशमा पढ्न जानका लागि मात्रै १ खर्ब ३८ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिर लगेका छन् । यो नेपालले प्राप्त गर्ने कुल वैदेशिक अनुदानभन्दा धेरै ठूलो रकम हो ।
अमेरिका, अष्ट्रेलिया, बेलायत र क्यानडाका विश्वविद्यालयहरूका लागि नेपाली विद्यार्थी केवल विद्यार्थी होइनन्, उनीहरू ती देशका शिक्षा उद्योग टिकाइराख्ने ‘राजस्वका स्रोत’ हुन् । नेपाली अभिभावकले जीवनभरको कमाइ र खेतबारी बेचेर पठाएको पूँजीले ती विकसित देशका विश्वविद्यालयका भवन र प्राध्यापकको तलब धानिएको छ ।
३. भिसा शुल्क : बिनासेवाको चन्दा
एउटा नेपाली विद्यार्थी वा पर्यटकले अमेरिकी वा बेलायती दूतावासमा भिसा आवेदन दिँदा तिर्ने २० देखि ८० हजार रुपैयाँसम्मको शुल्क ‘अस्वीकृत’ (Refused) भए पनि फिर्ता हुँदैन । यो सीधा अर्थमा बिना कुनै सेवा संकलन गरिएको राजस्व हो । हजारौँ आवेदकबाट संकलन हुने यो करोडौँ रकम कुनै विकास परियोजनामा होइन, सिधै ती देशको सरकारी ढुकुटीमा पुग्छ । गरिब देशका नागरिकले धनी देशको प्रशासनिक खर्च बेहोर्नुपर्ने यो कुन प्रकारको न्याय हो ?
४. मानव पूँजीको सित्तैमा निर्यात
सबैभन्दा अमूल्य नोक्सानी भने मानव पुँजी को हो । नेपालले आफ्ना नागरिकलाई प्राथमिक शिक्षादेखि स्नातक तहसम्म पुर्याउन अर्बौँ लगानी गर्छ । तर, जब ती जनशक्ति उत्पादनशील र कर तिर्ने योग्य हुन्छन्, उनीहरूलाई विकसित देशहरूले भिसाको माध्यमबाट आफ्नो देशमा भित्र्याउँछन् ।
विकसित देशहरूले एकजना डाक्टर, इन्जिनियर वा नर्स तयार गर्न लाग्ने करोडौँको लगानी बचत गरिरहेका छन्, किनकि उनीहरूले नेपालजस्ता देशले तयार गरिदिएको तयारी जनशक्ति सित्तैमा पाइरहेका छन् । यसलाई ‘सफ्ट एड’ (Soft Aid) भनिन्छ, जुन नेपालले ती समृद्ध देशहरूलाई दिइरहेको छ, तर यसको कहीँ कतै हिसाब हुँदैन ।
५. साझेदारी कि संरचनागत शोषण ?
जबसम्म हामी यो ‘असमान लेनदेनुलाई’ सहयोगुको रोमान्टिक नाम दिइरहन्छौँ, तबसम्म नेपालको आर्थिक परनिर्भरता अन्त्य हुने छैन । अहिलेको विश्वव्यापी संरचना यस्तो छ जहाँ गरिब देशहरूले आफ्नो श्रम र पूँजी धनी देशतिर प्रवाह गरिरहेका छन्, र बदलामा त्यसको सानो अंश सहयोगका रूपमा फिर्ता पाउँछन् ।
नेपाल अब ‘माग्ने देश’ मात्र होइन, ऊ त पश्चिमा र मध्य पुर्व लगायतका अर्थतन्त्रलाई युवा र पूँजी आपूर्ति गर्ने एउटा ठूलो ुलगानीकर्ताु पनि हो । अबको कूटनीतिक संवादमा नेपालले दृढताका साथ भन्न सक्नुपर्छ—‘यदि हाम्रो पूँजी र श्रम तिम्रो अर्थतन्त्रको मेरुदण्ड हो भने, भिसा प्रक्रियामा सहजता र शिक्षाको नाममा हुने पुँजी दोहन बन्द हुनुपर्छ ।’ सहयोगुको भाष्य बदलिनुपर्छ किनकि यथार्थमा, नेपालले सहयोग लिइरहेको मात्र छैन, आफूले धान्न सक्नेभन्दा बढी सहयोग विकसित विश्वलाई दिइरहेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend