काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन साहप्रति कटाक्ष गरेका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भत्काएर र नशामा देश नबन्ने भन्दै कटाक्ष गरेका हुन् ।
हेटौंडामा सरकारले घर भत्काएकोप्रति आपत्ति जनाउँदै उनले वर्तमान सरकारले जे पनि भत्काउने काम गरिरहेको आरोप लगाए । उनले भने– ‘यो सरकारले के गर्यो? हेटौंडामा घर भत्काउने काम थियो उसको? चुनाव गराउन पर्दैन । चुनावको वातावरण बनाउन पर्दैन रु हेटौंडामा घर भत्कायो । आधा भत्कायो आधा बाँकी छ, ‘भत्काउने त बानी परेको छ । भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थाल्यो यसले । सरकार भत्काएको, डेमोक्रेसी भत्काएको, संविधान भत्काएको, हेटौंडामा भत्काएको, सुकुम्बासीको बस्ती भत्काएको, यो सबै भत्काउने?’
साथै, उनले देश बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएको मान्छे चाहिने उनले बताए । उनले भने– ‘भत्काएर मात्रै देश बन्दैन । देश बनाउनुपर्छ । बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएका मान्छेको, उन्मादमा नशामा देश बन्दैन ।’
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend