Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाको समानुपातिक सुचिबाट नाम फिर्ता लिने सिर्जना सिज्जुको घोषणा


    बुधबार, पुष २३ २०८२
    480
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’ सिर्जना सुजुले पनि आफ्नो नाम फिर्ता लिएकी छन् ।

    आज बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् ।

    ‘ठाउँ ओगटेको’ भनेर व्यापक आलोचना भएपछि सिर्जनाले आफूलाई कसरी बालेन टिमबाट समानुपातिक सूचीमा समेटियो भन्ने विषयमा लामो स्पष्टीकरण पनि दिएकी छन् ।

    उनले लेखेकी छन्, ‘कुनै पार्टीलाई योगदान दिएको कारण होइन, देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण मेरो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको हो। यही कुरा टिमका सदस्यहरूले पनि भन्नुभएको थियो। यसका लागि म आभारी छु। नयाँ आउने सबैलाई शुभकामना। तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु। यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो। हामी राजनीति बाहिर बसेर पनि आफ्नो दक्षता अनुसार सधैँ काम गर्न तयार छौँ।’

    पछिल्लो समय रास्वपाको समानुपातिक बन्दसूचीबाट खासगरी सेलेब्रिटीहरू एकपछि अर्कोले उम्मेदवारी फिर्ता लिइरहेका छन् ।

    यसै क्रममा कामठमाडौँ महानगरपालिकाका मेयरसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको टिमबाट समानुपातिक उम्मेदवार बनेकी सिर्जनाले पनि आफ्नो नाम फिर्ताको घोषणा गरेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार