काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल हुँदा ४ सिट पाउनुपर्ने दाबी गरेको छ ।
नेकपाका नेताहरू परामर्श बैठकमा छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतभारका आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्तावमा छलफल चलेको ब्रिफिङ गरेका छन् ।
नेकपाका अर्का नेताका अनुसार सात वटै प्रदेशको मतभार एकीकृत गर्दा कांग्रेसको २१ हजार बढी छ । एमालेको १७ हजार बढी र नेपाली कम्युनिस्ट पार्टीको १२ हजार बढी मतभार छ । मतभारका आधारमा १८ सिट बाँडफाँड गर्दा कांग्रेसको भागमा ८ सिट, एमालेको भागमा ६ सिट र नेकपाको भागमा ४ सिट पर्छ ।
मधेश प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा० नेपाल तेस्रो स्थानमा रहेको छ । कांग्रेसले ८ बाट झरेर ७ सिटमा रहने र एक सिट दिएर जानुपर्ने नेकपाको प्रस्ताव छ ।
४ सिट नपाए पार्टी भित्र समेत मिलाउन नसकिने भएकाले बरु गठबन्धन नै नगरेर जान सकिने मत पनि बलियो रहेको ती नेताले बताए । उनका अनुसार सात वटै प्रदेशमा उम्मेदवार तयार भएका छन् ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना वामदेव गौतम मनोनीत सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
बाँकी १८ पदका लागि आगामी माघ ११ मा निर्वाचन हुँदैछ । त्यसका लागि भोलि मनोनयन दर्ताको समय छ ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend