Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • श्रीलंकामा विषाक्त मदिरा सेवन गर्दा ५ जनाको मृत्यु


    मंगलबार, पुष २२ २०८२
    470
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कोलम्बो। श्रीलंकाको उत्तरपश्चिमी प्रान्तमा अवैध रूपमा बनाइएको विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ ।

    प्रहरीका अनुसार मदिरा पिए लगत्तै तिन जनाको मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

    श्रीलंकालीहरूले प्रयोग गर्ने मदिराहरू मध्ये करिब ४० प्रतिशत अवैध मदिरा रहेको र यसको विषाक्तताका कारण गम्भीर स्वास्थ्य जोखिम आउने गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।

    श्रीलंकाका मा मदिरामा मुख्य रूपमा मेथनोल वा पाराक्वाटको प्रदूषणका कारण अवैध मदिरा सँग सम्बन्धित सामूहिक विषाक्तता र मृत्युका धेरै घटनाहरू रेकर्ड गर्ने गरेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार