Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • ईश्वर पोखरेलको जिम्मेवारी खोसियो, नीति अनुसन्धान प्रमुख बने विष्णु रिमाल


    मंगलबार, पुष २२ २०८२
    550
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ ।च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

    अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । ‘विष्णु रिमाल धेरै राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो,’ ओलीको प्रस्ताव थियो, ‘उहाँलाई जिम्मेवारी दिनुपर्छ, त्यसै राख्न मिल्दैन ।’

    एघारौँ महाधिवेशनमा रिमाल उपमहासचिव पदका उम्मेदवार थिए । तर केन्द्रीय सदस्यमा समेत पराजित भए । केन्द्रीय सदस्यमै पराजित भएपछि रिमाललाई ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

    ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा केही पदाधिकारीले असहमति जनाएका थिए । ‘भर्खरै महाधिवेशन सकिएको छ । चुनाव नजिकै आइरहेको छ । यस्तो बेला पार्टीलाई एकताबद्ध बनाउन पनि ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउनु हुन्न,’ ओलीको प्रस्तावमा असहमति जनाउनेहरूले भनेका थिए ।

    तर आफूसँग अध्यक्ष भिडेका ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा ओली अडिग रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार