काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूले सामाजिक सञ्जालमार्फत होहल्ला गरेको बताएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले त्यसमै रमाएर एक थरीले नेपाल नै कब्जा भइसकेको जस्तोगरी प्रचार गरिएकोमा असन्तुष्टि पोखे ।
कार्यक्रममा प्रचण्डले ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङप्रति लक्षित गरी पार्टी र जनताले लगाएको गुन बिर्सिएको आरोप लगाए ।
‘विदेशी प्रतिक्रियावादी शक्तिहरूले फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमार्फत होहल्ला गरिरहेका छन् । त्यसमा रमेर नेपाल कब्जा भइसकेको जस्तो गरी एक थरीले प्रचार गरेका छन् । पार्टी र जनताले लगाएको गुनलाई बिर्सिएर मान्छेहरू बैगुनी बनेर हिँडेका पनि छन्’, उनले भने ।
प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा दुई पटक घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएका थिए । पछिल्लो केपी ओली सरकारको बर्खास्तीमा परेका घिसिङको समर्थनमा तत्कालीन विपक्षी दल नेकपा माओवादीले संसद्मा विरोध गरेको थियो ।
आगामी निर्वाचनमा नेकपालाई समर्थन गर्ने वा चुनावी तालमेल गर्ने अपेक्षा गरेका प्रचण्डले यसअघि घिसिङको कार्यशैलीप्रति सार्वजनिक रूपमै आलोचना गरेका थिए ।
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend