काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाहीमा परेका नेता–कार्यकर्तालाई माफी–मिनाहा दिने निर्णय गरेको छ ।
गएको स्थानीयदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बागी उम्मेदवारी दिएकादेखि पार्टीबिरुद्ध लागेबापत कारबाहीमा परेका सबैलाई माफी दिएर कांग्रेसले घर फर्कन आह्वान गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीभित्रको एकता मजबुत बनाउने उद्देश्यसहित यस्तो निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई ध्यानमा राख्दै भविष्यमा पार्टी हितविपरीत कुनै पनि कार्य नगर्न सचेत गराउँदै माफी–मिनाहा दिने निर्णय गरिएको हो ।’
निर्णयअनुसार विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उठेका, उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका तथा असहयोग गरी अनुशासन समितिको कारबाहीमा परेकाहरूलाई बाँकी अवधि माफी–मिनाहा हुनेछ ।
साथै, उनीहरूको क्रियाशील सदस्यतालाई निरन्तरता दिँदै नवीकरण गर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। यस्तै, विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य दलमा गएकालाई ‘घर फर्कन’ आह्वान गरिएको छ।
फर्किने नेताकार्यकर्तालाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कांग्रेसले वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र मुलुकको समग्र हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने नीति अवलम्बन गर्ने जनाएको छ ।कार्यसम्पादन समितिको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने कांग्रेसले जानकारी दिएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend