काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाहीमा परेका नेता–कार्यकर्तालाई माफी–मिनाहा दिने निर्णय गरेको छ ।
गएको स्थानीयदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बागी उम्मेदवारी दिएकादेखि पार्टीबिरुद्ध लागेबापत कारबाहीमा परेका सबैलाई माफी दिएर कांग्रेसले घर फर्कन आह्वान गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीभित्रको एकता मजबुत बनाउने उद्देश्यसहित यस्तो निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई ध्यानमा राख्दै भविष्यमा पार्टी हितविपरीत कुनै पनि कार्य नगर्न सचेत गराउँदै माफी–मिनाहा दिने निर्णय गरिएको हो ।’
निर्णयअनुसार विगतका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उठेका, उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका तथा असहयोग गरी अनुशासन समितिको कारबाहीमा परेकाहरूलाई बाँकी अवधि माफी–मिनाहा हुनेछ ।
साथै, उनीहरूको क्रियाशील सदस्यतालाई निरन्तरता दिँदै नवीकरण गर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। यस्तै, विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य दलमा गएकालाई ‘घर फर्कन’ आह्वान गरिएको छ।
फर्किने नेताकार्यकर्तालाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कांग्रेसले वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र मुलुकको समग्र हितका लागि बौद्धिक तथा व्यावसायिक क्षेत्रसँग विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने नीति अवलम्बन गर्ने जनाएको छ ।कार्यसम्पादन समितिको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने कांग्रेसले जानकारी दिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend