Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • कांग्रेस, एमाले र नेकपाको कार्यालय अनुगमन गर्दै सरकारी टोली


    मंगलबार, पुष ८ २०८२
    695
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले आज जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्दैछ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति फिल्डमा खटिन लागेको हो ।

    सरकारी टोली राजनीतिक संवाद र कार्यालय अनुगमनका लागि बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुग्ने छ । त्यसपछि दिउँसो १ बजे नेकपा एमालेको कार्यालय च्यासल र ३ बजे नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) को कार्यालय पेसिरडाँडा पुग्नेछ ।

    त्यसक्रममा सरकारी टोलीले आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा नेताहरुसँग छलफल गर्ने र जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन पनि गर्ने बताइएको छ ।

    गत भदौ २४ गते जेनजी युवाहरुले कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार