Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भक्तपुरको देउराली जंगलमा २१ वर्षीय युवकको हत्या


    सोमबार, पुष ७ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवक मृत भेटिएका छन् । ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्ने देउराली जंगलमा भोजपुर अरुण गाउँपालिका–३ घर भएर लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत भेटिएका हुन् ।

    हत्या गरेर फालेको अवस्थामा जंगलमा पारुहाङको शव भेटिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    एसएसपी बोगटीका अनुसार आज बिहान जंगलमा भेटिएका पारुहाङको टाउकोमा चोट देखिएको छ । हत्यामा संलग्न आशंकामा दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल छन् । पक्राउ परेका अर्का एकजना आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पारुहाङको शव पोस्टमार्टमका लागी भक्तपुरको केएमसी अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार