Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • ज्ञानेन्द्र शाही प्रतिनिधिसभा चुनावका लागि ललितपुर-१ बाट सिफारिस


    सोमबार, पुष ७ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र नं.१ उम्मेदवार बन्ने भएका छन् ।

    राप्रपा क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनावका लागि शाहीसहित परशुराम सिलवाल र रबिन घिमिरे गरी तीन जनाको नाम सिफारिस गरेको हो । शाही यसअघिको निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए ।

    त्यस्तै, सोही निर्वाचन क्षेत्रबाट समानुपातिकका लागि विक्रम लामा, कौशल्या थापा र किशोर देशारको नाम सिफारिस भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार