काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीको कपाल लामो भएको निहुँमा जथाभाबी मुण्डन नगर्न आफ्ना मातहतका विद्यालयहरूलाई निर्देशन दिएको छ ।
महानगरको शिक्षा विभागले परिपत्र जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई मानसिक यातना हुने गरी कुनै पनि व्यवहार नगर्न सचेत गराएको हो ।
केही विद्यालयहरूले कपाल लामो भएको भन्दै विद्यार्थीहरूको कपाल जथाभाबी काटिदिने गरेको र त्यसले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको भन्दै गुनासो आएपछि महानगरले यस्तो निर्देशन दिएको हो ।
महानगरले शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) अनुसार विद्यालय व्यवस्थापन समितिले आचारसंहिता बनाएर लागू गर्न सक्ने व्यवस्था भए पनि सोही नियमावलीको नियम १३३ (१) (ट) ले विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने स्पष्ट व्यवस्था गरेको स्मरण गराएको छ ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend