Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • एमाले महाधिवेशनमा मतदान गर्न को को नेता गएनन् ?


    बिहिबार, पुष ३ २०८२
    660
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशनको नेतृत्व चयनका लागि बुधबार ११ बजेदेखि भएको मतदानमा बरिष्ठ नेताहरु नै मत दिन आएनन् । एमालेका बरिष्ठ नेता तथा केन्द्रीय कमिटी सदस्य मुकुन्द न्यौपाने मतदान गर्न आएनन् ।

    त्यसैगरी, घनश्याम कोइराला, पूर्वमन्त्री राजकुमार गुप्तादेखि निर्वाचन आयोगका समीर नेपालसम्म मत दिन गएनन् । कतिपय अस्वस्थताका कारण नगएको र कति पार्टीमा केपी शर्मा ओलीको अतिवादबाट दिक्क भएर मतदान गर्न नगएको बताइन्छ । आफैं केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल पनि मत दिन गएनन् ।

    पूर्वमन्त्री बसन्तकुमार नेम्वाङ लामो समयदेखि अस्वस्थ भएकाले मत दिन जान सकेनन् । गुल्मी एमालेका अध्यक्ष बालकृष्ण काउछा पनि मत दिन नाजनेको सूचीमा छन् ।

    मत दिन नजाने एमालेका महाधिवेशन प्रतिनिधिहरुम ब्रिजेश गुप्ता, हरिबहादुर राजवशी, पोष्टकुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी, प्रदीप प्याकुरेल(सुशील), समिर नेपाल, रचना राजोपाध्याय छन् ।

    त्यसैगरी मत दिन नजानेहरुमा अशोक केसी, संजीव रोकाहा, कृष्णमाया भुजेल, लक्ष्मी यादव, शत्रुधनप्रसाद सिंह, राजेन्द्रप्रसाद यादव, अशु आनन्द, मनोजकुमार गुप्ता, विजय कापर, जितेन्द्र चौधरी, दानबहादुर बिक, बब्लु शिवाकोटी, सिर्जना नेपाली, अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, मिना पोख्रेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार