Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी २ दिन हिरासतमै रहने


    बुधबार, मंसिर १७ २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् ।

    उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बुधबार) नियन्त्रणमा लिएको थियो ।

    विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले दिएको जानकारी अनुसार आज समय अभावका कारण उनीहरूलाई हिरासतमा राखिने भएको हो ।

    उनका अनुसार, अब शुक्रबार मात्रै उनीहरूको बयान र थुनछेक बहस हुनेछ । ‘आज ढिलो गरी अभियोग पत्र दायर भएको हुनाले उहाँहरूको बयान तथा थुनछेक गर्ने कार्य समय अभावले नभ्याइने हुँदा पर्सि शुक्रबारमात्रै हुनेछ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार