काठमाडौँ। वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ पाएकाहरूविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
वाइडबडी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री जीवनबहादुर शाहीसहित २२ जनालाई सफाइ दिएको थियो।
उक्त फैसला चित्त नबुझेपछि अख्तियारले मंगलबार सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
प्रवक्ता पौडेलका अनुसार अख्तियारले वाइडबडी जहाज खरिद प्रकरणमा एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री शाहीसहित २०८० चैत २२ गते ३२ जनाविरूद्ध मुद्दा हालेको थियो।
२०८१ मंसिर २१ गते निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना कर्मचारी र बिक्रेता कम्पनीका सात जना विदेशीसहित १० जनालाई दोषी ठहर भएका थिए भने अन्य सबैले सफाइ पाएका थिए।
उक्त मुद्दामा केही प्रतिवादीलाई आंशिक ठहर गरी केही प्रतिवादीलाई सफाइ दिएको, साथै अभियोग मागदाबी बमोजिम कसूर नभएको भन्दै सर्वोच्च पुगेको प्रवक्ता पौडेलले जानकारी दिए।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend