काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पटक–पटक सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा नियमित महाधिवेशन गर्न तयार भएपछि आजको केन्द्रीय समिति बैठकले कार्यतालिका ल्याउने भएको छ ।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरू उपस्थिति हुनेछन् ।
आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् ।
नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन पुस अन्तिममा गर्ने तयारी गरेको छ । पार्टीले आगामी पुस २६ गतेदेखि २९ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन लागेको हो ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend