काठमाडौं । सरकारले ४ सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्ति गरेसँगै ४ सचिवको पनि सरुवा गरेको छ ।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका केदारनाथ शर्मालाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । मधेश प्रदेशका प्रमुख सचिव मदन भूजेललाई भूमिब्यवस्था मन्त्रालयमा सरुवा भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका रविलाल पन्थ राष्ट्रिय योजना आयोगमा पुगेका छन् । कोशी प्रदेश प्रमुख सचिवबाट चन्द्रकला पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएकी छन् ।
रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएसँगै खाली भएको हो । योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अवकाश भएपछि रिक्त रहेको थियो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend