काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आज फेरि बस्दैछ । असोज २८ मा सुरु भएर कात्तिक २७ मा स्थगित भएको केन्द्रीय समिति बैठक आज पुनः बस्न लागेको हो ।
विशेष अथवा नियमित महाधिवेशन भन्ने विवादमा बैठक केन्द्रित हुँदै आएको छ । पुस वा वैशाखमा नियमित महाधिवेशन भन्ने विषयमा पनि बैठकमा विवाद छ ।
यही विवादका कारण कांग्रेस राष्ट्रिय विषयमा समेत प्रवेश नगरी बैठक स्थगित गरेर बसेको छ ।
दुवैतर्फको निरन्तरको अडानले कात्तिक २७ यता तीनपटक बैठक स्थगित भइसकेको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठकमा पुस अन्तिमको नियमित महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले गरेका छन् ।
विशेष महाधिवेशनको अडान लिइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको विश्वासमा पुस अन्तिम साताको कार्यतालिका पेस गरी विशेष महाधिवेशन प्रस्ताव फिर्ता गराउने तयारीमा खड्का लागेका छन् । तर महामन्त्रीद्वयले पुस मसान्तमा महाधिवेशन गर्ने कुरा अस्वीकार गर्दैआएका छन् ।
उनीहरु मंसिरमै बिशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बिशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाले सोही अनुसार हुनुपर्ने महामन्त्रीद्वय थापा र शर्मा छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend