काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषदको मंसिर दोस्रो साता रिक्त हुन लागेको सदस्य सचिव पदमा क्रिकेटर पारस खड्कालाई नियुक्ति गर्ने तयारी गरेका छन् ।
नेपाल क्रिकेट संघ(क्यान)का सचिवसमेत रहेका खड्का युवा तथा खेलकुद मन्त्री हुने चर्चा समेत चलेको थियो । खड्कालाई मन्त्री बनाउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले समेत भेट गरेकी थिइन् । तर छोटो समयका लागि मन्त्री हुनुभन्दा खड्काले ४ बर्षका लागि परिषदको सदस्य सचिव हुने चाहना राखेपछि मन्त्रीमा गुप्तालाई ल्याइएको थियो ।
एनपीएलको पहिलो संस्करणमा ब्यापक अनियमितता भएको भन्दै खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
अख्तियारले युवा तथा खेलकुद मन्त्रालयलाई उक्त उजुरीका बारेमा छानबिन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको ५ महिना बितिसक्दा पनि मन्त्रालयले उक्त निर्देशन अटेर गर्दैआएको छ । अख्तियारको छानबिनको दायरामा रहेका उनै खड्कालाई खेलकुद परिषदकै सदस्य सचिव बनाउन प्रधानमन्त्री सुशीला कार्की नै लागेकी छन् ।
एनपीएलको पहिलो संस्करणमा भएको आर्थिक अनियमितताको बिषयमा छानबिनको टुंगो नलाग्दै मंसिर १ गतेदेखि दोस्रो संस्करण आयोजना गर्न लागिएको छ । एनपीएलको प्रायोजक बोलकबोल प्रक्रियाबाट जसले बढी अंक कबोल गर्छ उसैलाई छान्नुपर्नेमा सार्वजनिक खरिद ऐनबिपरीत बिना प्रतिस्पर्धा सेटिङमा छानिएको बिषयमा अख्तियारमा उजुरी परेको हो ।
दोस्रो संस्करणमा पनि प्रतिस्पर्धा नगराई सेटिङमै प्रायोजक छानिएको छ । जसमा करोडौं आम्दानी एनपीएलले ब्यक्तिगत लाभ लिने काम भएको छ । करोडौंको टिकट बिक्रीका लागि पनि बिनाप्रतिस्पर्धा नै सेटिङमा आफूनिकट कम्पनी खल्तीलाई दिन लागिएको आरोप खड्कामाथि लागेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend