काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषदको मंसिर दोस्रो साता रिक्त हुन लागेको सदस्य सचिव पदमा क्रिकेटर पारस खड्कालाई नियुक्ति गर्ने तयारी गरेका छन् ।
नेपाल क्रिकेट संघ(क्यान)का सचिवसमेत रहेका खड्का युवा तथा खेलकुद मन्त्री हुने चर्चा समेत चलेको थियो । खड्कालाई मन्त्री बनाउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले समेत भेट गरेकी थिइन् । तर छोटो समयका लागि मन्त्री हुनुभन्दा खड्काले ४ बर्षका लागि परिषदको सदस्य सचिव हुने चाहना राखेपछि मन्त्रीमा गुप्तालाई ल्याइएको थियो ।
एनपीएलको पहिलो संस्करणमा ब्यापक अनियमितता भएको भन्दै खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
अख्तियारले युवा तथा खेलकुद मन्त्रालयलाई उक्त उजुरीका बारेमा छानबिन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको ५ महिना बितिसक्दा पनि मन्त्रालयले उक्त निर्देशन अटेर गर्दैआएको छ । अख्तियारको छानबिनको दायरामा रहेका उनै खड्कालाई खेलकुद परिषदकै सदस्य सचिव बनाउन प्रधानमन्त्री सुशीला कार्की नै लागेकी छन् ।
एनपीएलको पहिलो संस्करणमा भएको आर्थिक अनियमितताको बिषयमा छानबिनको टुंगो नलाग्दै मंसिर १ गतेदेखि दोस्रो संस्करण आयोजना गर्न लागिएको छ । एनपीएलको प्रायोजक बोलकबोल प्रक्रियाबाट जसले बढी अंक कबोल गर्छ उसैलाई छान्नुपर्नेमा सार्वजनिक खरिद ऐनबिपरीत बिना प्रतिस्पर्धा सेटिङमा छानिएको बिषयमा अख्तियारमा उजुरी परेको हो ।
दोस्रो संस्करणमा पनि प्रतिस्पर्धा नगराई सेटिङमै प्रायोजक छानिएको छ । जसमा करोडौं आम्दानी एनपीएलले ब्यक्तिगत लाभ लिने काम भएको छ । करोडौंको टिकट बिक्रीका लागि पनि बिनाप्रतिस्पर्धा नै सेटिङमा आफूनिकट कम्पनी खल्तीलाई दिन लागिएको आरोप खड्कामाथि लागेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend