काठमाडौं । लिटिल एन्जेल्स स्कुलका संचालक तथा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले २० रोपनी रोपनी भन्दा बढी भेल्पा–हात्तीवनको जग्गा कब्जा गरेको खुलासा भएको छ ।
श्रेष्ठ त्रिभुवन विश्वविद्यालयको १ सय १२ रोपनी जग्गा कब्जा गरी मालपोतमा दर्ताका लागि पेश गरेको बिषयमा पनि विवादमा छन् । गुठियारमा पहुँचवालाहरुलाई राखी ल्याबोरोटरी स्कुल संचालनका लागि त्रिबिले उपलब्ध गराएको अरबौं मूल्यको जग्गा कब्जा गर्न श्रेष्ठले शक्तिकै आडमा मालपोतमा दर्ता गर्ने प्रयास गरेका थिए ।
लिटिल ऐन्जन्स स्कुल परिसरको जग्गा भेल्पा–हात्तीवन आयोजनाको गुरुयोजना(डीपीआर) भित्र पर्दछ । तर भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाको डीपीआरबाट अलग हुनका लागि लिटिल एन्जल्स लागेको छ । भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाको गुरुयोजनाभित्र परेका जग्गाधनीको ६५ प्रतिशत जग्गा बाटोदेखि बिभिन्न मापदण्ड पूरा गर्दा घटेको छ । तर डीपीआरभित्र परेको लिटिल एन्जल्स स्कुल भने उक्त आयोजनाबाट अलग हुन खोजिरहेको छ ।
भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाले अतिक्रमणमा परेको सरकारी जग्गा खाली गर्न ३५ दिने सूचना निकालिसकेको छ । विगतमा शक्तिको आडमा भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनबाट अलग हुने प्रक्रिया अन्तिम चरणमा पुर्याइसकेका लिटिल एन्जल्स स्कुलका संचालक उमेश श्रेष्ठ र उनका भाइ राजेश श्रेष्ठले अतिक्रमण गरेको जग्गा खाली गराउन अटेर गर्दैआएका छन् ।
लिटिल एन्जल्स स्कूलभित्रको जग्गा २०२१ सालको नापीनक्सा अनुसार १ सय १० रोपनी ५ आना १ पैसा २.४० (५६१३३.११ वर्गमिटर) क्षेत्रफल रहेको छ । तर स्कुलसँग जग्गाधनी पूर्जा १ सय रोपनी १४ आना २.५१ (५१३२३।८४ वर्गमिटर) मात्रको छ । २०२१ सालको नापीनक्सा अनुसार स्कुलले करिब १० रोपनी जग्गा अतिक्रमण गरेको देखिन्छ । क्षेत्रफल भन्दा बढीको जग्गा स्वतः सरकारी हुन्छ । तसर्थ लिटिल एन्जेल्स स्कुलले १० रोपनी जग्गा अतिक्रमण गरेको २०२१ सालको नापीनक्साबाटै पुष्टि हुन्छ ।
लिटिल एन्जल्स स्कुलले २० रोपनीभन्दा बढी जग्गा अतिक्रमण गरेको र कर्मनाशा खोलालाई स्कुलभित्रै हालेको बिषयमा पनि भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाले छानबिन गर्ने भएको छ । भेल्पा–हात्तीवन आयोजनाको डीपीआरभित्र परेका सबै जग्गाको नापीनक्सा पुनः गराउने योजनामा आयोजना प्रमुख घनश्याम पौडेल छन् ।
पूर्जाभन्दा बढी जग्गा पनि लिटिल एन्जेल्सले अतिक्रमण गरेको विवरण पनि नेपालफेसलाई प्राप्त भएको छ । लिटिल एन्जेल्स स्कुलको परिसरभित्र नापीनक्सा अनुसार र पूर्जा अनुसार फरक क्षेत्रफल १ रोपनी २ आना १ पैसा देखिएको छ ।
लिटिल एन्जेल्स स्कुलले बगरको बगरको जग्गा पनि अतिक्रमण गरेको तथ्य प्राप्त भएको छ । बगरको १० रोपनी ३ आना २ पैसा (५१९८.६० बर्गमिटर) जग्गा सो स्कुलले अतिक्रमण रेको छ । लिटिल एन्जेल्स स्कुलको कुलोको जग्गाको क्षेत्रफल १ रोपनी २ आना ३ पैसा २ दाम (६००.५५ बर्गमिटर) रहेको छ । कुलो पनि सरकारी जग्गा नै मानिन्छ ।
मापदण्डअनुसार खोलाको चौडाईको १० मिटर घटाउँदा नेपाल सरकारको बगर जग्गा बाँकी ४ रोपनी १४ आना २ पैसा २. ९५(२५०१.८७ बर्गमिटर) हुन आउँछ । खोलाको बगर स्वतः सरकारी जग्गा हो ।
२०२१ को नापीनक्सा अनुसार लिटिल एन्जेल्स स्कुलले २० रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरेको देखिन्छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले लिटिल एन्जेल्स स्कुलसहितका संघसंस्थाहरुलाई ३५ दिनभित्र अतिक्रमित जग्गा खाली गर्न गएको कात्तिक २ गते सार्वजनिक सूचना निकालेको थियो । जुन सूचना निकालेको २० दिन नाघिसकेको छ ।
भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले आयोजनाको डीपीआरबाट कोही पनि अलग्गिनै नसकिने बताए । डीपीआरभित्रका सबै जग्गा नापनक्सा गरिनेछ । सार्वजनिक जग्गा खाली गर्न सूचना निकालिसकिएको छ । खाली नगर्नेहरुको हकमा कानुनबमोजिम कारबाही अगाडि बढ्नेछ ।
३५ दिनभित्र जग्गा खाली नगरी अटेर गरेमा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिम कामकारबाही हुने सूचनामा उल्लेख गरिसकिएको छ । पौडेलले भने ।
पाँच बर्षभित्र सम्पन्न गर्नेगरी स्थापना गरिएको भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको काम १२ बर्ष बितिसक्दा पनि सकिएको छैन । ४ सय घरधुरी रहेको आयोजनाको जग्गा १२ बर्षदेखि रोक्का छ । किनबेच गर्न, बैंकमा राख्न पाएका छैनन् । तर आयोजनाका इन्जीनीयरदेखि प्रमुखसम्म जग्गा हस्तान्तरण गर्नभन्दा पनि झुलाउनमात्र ब्यस्त देखिएका थिए ।
घुस दिने जग्गाधनीको जग्गा हस्तान्तरण गर्ने तर घुस नदिनेको झुलाएर राखिएको गुनासो भेल्पा हात्तीवनबासीको रहँदैआएको छ । पौडेलले सरुवा हुनासाथ अतिक्रमणमा परेको जग्गा खाली गराउने र भेल्पाबासीको समस्या समाधान गर्ने कार्यमा जुटिसकेका छन् । भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको जग्गाको बारेमा जेनजीको समेत सहयोग लिने तयारीमा आयोजना रहेको छ ।
यस्तो छ लिटिल एन्जल्स स्कुलको जग्गाको विवरण, अतिक्रमणमा कति परेको छ ?
१. २०२१ सालको नापी नक्सा अनुसार ५ह, ५ घ १ र ५ च १ को कूलो, सार्वजनिक, पर्ति र व्यक्तिगत जग्गा लिटिल एन्जल्स स्कुलभित्रभित्रको क्षेत्रफल ११०–५–१–२.४० (५६१३३.११ व.मि.)
२. पूर्जा अनुसारको क्षेत्रफल १००–१४–०–२.५१ (५१३२३.८४ व.मि.)
३. नापी नक्सा अनुसार र पुर्जा अनुसार फरक क्षेत्रफल १–२–०–१ जग्गाधनीको पूर्जा बढी
४. ५ च १ को कि.नं. २ र ४ को नापी नक्सा अनुसारको क्षेत्रफल (४६.११ व.मि.)
५. ५ह को कि.नं २४३, २४१ र ५ च १ को ९ नं. कित्ता नेपाल सरकारको बगरको क्षेत्रफल १०–३–२–० (५१९८.६० व.मि.)
६. ५च १ को लिटिल एन्जेल्स स्कुलको भित्रको कूलोको क्षेत्रफल १–२–३–२(६००.५५व.मि.)
७. मापदण्ड अनुसार खोलाको चौडाईको १० मिटर घटाउँदा नेपाल सरकारको बगर जग्गा बाँकी ४–१४–२–२.९५ (२५०१.८७ व.मि)
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend