ललितपुर । ललितपुरको भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनामा पूर्व आयोजना प्रमुखहरुले व्यापक अनियमितता गरेको खुलेको छ ।
पूर्व आयोजना प्रमुख तथा ललितपुर जिल्लाका जिल्ला आयुक्त सफल श्रेष्ठले आयोजनाका पहुँचवाला लाई मौखिकरुपमा निःशुल्क जग्गा बाँडेको भेद खुलेको हो । उनले पूर्व सहयोग समितिका सदस्य मुकुन्द वाग्ले, पूर्व सहयोग समिति अध्यक्ष पुरुषोतम बरालका साढुभाइ रुमोज पोखरेललाई करिब तीन आना जग्गा निःशुल्क भोगचलन गर्न दिएको पाइएको छ । आयोजनाले रुमोज पोखरेललाई जग्गा विकासको योगदानबापत आयोजनालाई उल्टै रकम तिर्नुपर्ने देखाइएको छ ।
आयोजना प्रमुख श्रेष्ठले पोखरेललाई निशुल्क जग्गामात्र दिएनन्, सरकारी पैसामा अतिक्रमण गरेको जग्गामा पक्की कम्पाउन्डवाल समेत आयोजनाबाटै लगाइदिएको खुलेको छ । उनले ललितपुर जिल्ला आयुक्त कार्यालयमा रहँदा यस्ता थुप्रै अनियमितता गरेको भेटिएको छ ।
श्रेष्ठले रिपल्टिङ् नक्साविपरीत जग्गा बितरण गरेका थिए । उनी तीन बर्ष जति आयोजना प्रमुख थिए । भेल्पा–हात्तीवन आयोजना क्रोनिक भएपछि उनी प्राधिकरणकै भक्तपुर जिल्ला आयुक्तमा सरुवा मिलाएर गएका थिए । हाल उनी भक्तपुर जिल्ला आयुक्त कार्यालयमा कार्यरत छन् ।
प्राधिकरणले अबैध प्लटिङ रोक्ने निर्णय गरे पनि उनले भक्तपुरमा कुनै पनि अबैध प्लटिङ रोकेनन् । उनले अबैध प्लटिङ नरोकेबापत जग्गा दलालबाट अनुचित लाभ लिएको आरोप लागेको छ । भुजीकिक हाउजिङ कम्पनीसहितका केही कम्पनीबाट रोपनीको दररेट तोकेर घुस लिई काक्राबारी, भाइरल प्लटिङ नंखेल लगायतका जग्गामा करोडौं कमिसन खाएको आरोप छ ।
उनले संचालक समितिको निर्णयबिपरीत प्राधिकरणलाई प्लटिङ रोक्ने अधिकार नरहेको भन्दै गलत प्रतिवेदन बुझाएका थिए । त्यस्तै ललितपुरका पूर्व जिल्ला आयुक्त जगदिश लामिछानेले आयोजनाकै नाममा रहेको जग्गा कीर्ते पत्र मार्फत् बैंकिङ प्रयोजनका लागि सिफारिस समेत गरेको भेटिएको छ ।

लामिछानेले सहयोग समितिका पूर्व कोषाध्यक्ष गिरी श्रेष्ठलाई करिब दुई आना जग्गा भोगचलन गर्न दिएका थिए । साथै आयोजनाकै नाममा रहेको जग्गामा ऋण निकाल्न त्यस समयका करारका शाखा अधिकृत पितराज कोइराला र जगदिश लामिछाने मिलेर सिफारिस दिएको पाइएको छ
लामिछाने र श्रेष्ठ दुवै पूर्व विवादित सचिव डा. रमेशप्रसाद सिंहनिकट डीई हुन् । उनीहरु लामो समयसम्म प्राधिकरणको आयोजनामा कार्यरत थिए । आफैंले अबैध रुपमा बाँडेको जग्गाको संरचनामा आयोनाले नै डोजर चलाएपछि उनीहरु सकसमा परेका हुन् ।
सहयोग समिति पूर्व सदस्य मुकुन्द वाग्लेले भेल्पा–हात्तीवन आयोजनाको जग्गा सफल श्रेष्ठ र पितराज कोइरालाले मौैखिक रुपमा दिएको अभिब्यक्तिको भिडियो समेत नेपालफेसलाई प्राप्त भएको छ ।
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकबाट आएका कर्मचारीहरुका कारण प्रभु बैंक एकपछि अर्को समस्यामा पर्दैगइरहेको छ । प्रभु बैकमा पछिल्ला दिनमा सेन्चुरी बैंकबाट आएकाहरुको गुटबन्दीका...
काठमाडौं । नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणको स्वामित्वमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलाम बिक्रीमा संलग्न नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सहित २२...
काठमाडौं । १८ चैत २०६९ काठमाडौंको गुह्येश्वरीबाट प्रहरीले २ सय २६ केजी रक्तचन्दन बरामद गर्छ । बा १ ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाएर...
काठमाडौं । कर्मचारी संचयकोषको प्रशासकमा एक महिनाअघि नै तीन जनाको नाम सर्टलिष्ट गरी छनोट समितिले सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री कार्यालयले एक महिनासम्म...
काठमाडौं । स्वास्थ्य सेवा बिभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ०.५ एमएलको १ लाख ९० हजार भाइल एन्टीरेबिज भ्याक्सिन (एआरभी) खरिद गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend