Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • हरिसिद्धि पुगेर जनार्दन र घनश्यामले भेटे विप्लव 


    शुक्रबार, कार्तिक २१ २०८२
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न पुगेका छन् ।

    नेताद्वय शुक्रबार बिहान ललितपुरस्थित हरिसिद्धिमा रहेको विप्लव निवासमा पुगेका हुन् । नेतात्रयबीच अहिले छलफल जारी छ ।

    विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार