Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक: वामदेव गौतम


    बुधबार, कार्तिक १९ २०८२
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेका छन्।

    आज (बुधबार) काठमाडौँमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै गौतमले वर्तमान शासन प्रणालीले राजनीतिक अस्थिरता मात्र बढाएको भन्दै यसको अन्त्य आवश्यक भएको बताए।

    ‘यो सधैंभरी ६/६ महिनामा सरकार परिवर्तन गर्ने, महिनामहिनामा सरकार परिवर्तन गर्ने प्रणालीले देश अगाडि बढ्न सक्दैन,’ गौतमले भने, ‘अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ।’

    गौतमले यो प्रस्ताव पारित गर्न सम्मेलनका प्रतिनिधिहरूलाई आग्रह गर्दै भने, ‘यो प्रणालीले मात्रै देशलाई स्थायित्व र विकासको दिशामा लैजान सक्छ। जनता पनि यो प्रस्तावलाई साथ दिन तयार छन्।’

    त्यस्तै, पार्टीभित्र अनुशासन र श्रम संस्कृतिको विकासका लागि नेताहरूले प्रत्येक वर्ष कम्तीमा एक महिना श्रम शिविरमा काम गर्नुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि गौतमले राखे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार