कठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै ‘मोन्था’ चक्रवातको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने र देशका विभिन्न जिल्ला भइ बहने नदी तथा खोलामा बाढी आउने सम्भावना उच्च रहेको भन्दै सतर्क रहन भनेको हो । महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनसम्म बढ्दो क्रममा रहने छ ।
आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै भोलि शुक्रबार कोसी, मधेस र बागमती प्रदेश भई बहने केही ससाना नदीमा बहाब आकस्मिक बढ्ने अनुमान बाढी महाशाखाले गरेको छ । यसैगरी शनिबार पनि कोसी, मधेस र बागमती प्रदेश भई बहने केही ससाना नदीहरूमा बहाब आकस्मिक बढ्न सक्ने र शनिबारै अपराह्नदेखि यस प्रणाली कमजोर हुने र नदीमा बहाब क्रमशः घट्दै जाने अनुमान रहेको बाढी महाशाखाले जनाएको छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउन तथा सम्भावित बाढीबाट बच्नका लागि आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सचेत गराएको छ ।
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
काठमाडौँ । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend