Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • संसद विघटनविरुद्धका रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो


    बुधबार, कार्तिक १२ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । तत्कालीन प्रतिनिधि सभा विघटन गरेर अन्तरिम सरकार गठन भएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि संवैधानिक इजलासमा भइरहेको बहस सकिएको छ ।

    बहस सकिए लगत्तै प्रधानन्यायाधीश प्रकाशनमानसिंह राउतसहितका न्यायाधीश आदेश आदेश तयार गर्न जुटेको सर्वोच्च अदालत प्रशासनले जनाएको हो ।

    मुद्दामाथिको बहस सकिएको र प्रधान न्यायाधीश सहितका न्यायाधीश आदेशको तयारीमा जुटेको सर्वोच्च अदालतले जनाएको छ ।

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन परेपछि सर्वोच्च अदालतमा १६ वटा मुद्दा दायर भएका छन् । जसको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार