Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • विचार मिल्नेसँग एकताका लागि छलफल हुँदैछ: माधव नेपाल


    बुधबार, कार्तिक १२ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्ने कम्युनिस्ट शक्तिहरूसँग एकता गरेर आन्दोलनलाई सशक्त बनाउने दिशा खोज्न पार्टी तयारी अवस्थामा रहेको बताएका छन्।

    काठमाडौँमा बुधबार सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘विचार, सिद्धान्त मिल्ने कम्युनिस्ट पार्टीसँग एकता गरेर आन्दोलनलाई कसरी एकताबद्ध बनाएर अगाडि बढाउने भन्नेबारेमा यो बैठकमा विस्तृत छलफल हुनेछ।’

    उनका अनुसार, एकता र सहकार्यका लागि विभिन्न दलहरूसँग संवाद भइरहेको छ।

    नेपालले पार्टी अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै भने, ‘हाम्रो पार्टीको अफिस पनि जलाइयो( पहिलोचोटि पनि, दोस्रोचोटि पनि।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार