Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • २३ वटा अदालत जलाउनेविरुद्ध प्रहरीमा जाहेरी दिने सर्वोच्चको निर्णय


    मंगलबार, कार्तिक ११ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ ।

    भदौ २४ गते जेनजी आन्दोलनका कममा सर्वोच्च अदालतसहित देशका २३ वटा अदालत आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको फुलकोर्टले आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको हो ।

    आइतबार बसेको फुलकोर्ट बैठकले आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन सबै क्षतिको विवरणसहित जाहेरी दिने निर्णय भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।

    सर्वोच्च अदालतले आगजनी र तोडफोड भएका सबै अदालतलाई जाहेरी दिन निर्देशन दिएको छ । आगजनीबाट सर्वोच्च अदालतका भवनसँगै ४२२ वटा सवारीसाधान, ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिलमा क्षति पुगेको छ । सर्वोच्चमा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन् ।

    अन्य अदालतमा ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल जलेर नष्ट भएका छन् । आगलागीबाट सर्वोच्च अदालतको एनेक्स भवनबाहेक कुनै पनि काम नलाग्ने भएका, उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन पनि ध्वस्त भएको छ ।

    त्यस्ते जिल्ला अदालत काठमाडौँ, मोरङ, चितवन, कास्की, तनहुँ र बाँकेका भवन पनि काम नलाग्ने अवस्थामा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार