Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • कमलपोखरी पुगेर छठ पूजामा सहभागी भइन् प्रधानमन्त्री कार्की 


    सोमबार, कार्तिक १० २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी भएकी छिन् । प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भएकी हुन् ।

    प्रधानमन्त्री कार्कीले सूर्यसहित छठी माताको पूजा आराधना गरेकी छिन् । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

    छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

    अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार