Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • विवादमा मुछिएपछि खगेन्द्र सुनारबारे थप छलफलमा प्रधानमन्त्री


    आइतबार, कार्तिक ९ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि छनोट गरेको नाममा अझै छलफल जारी राखेकी छन्। कार्की नेतृत्वको सरकारको मन्त्री बन्नका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएसँगै उनले छलफल तीव्र पारेकी हुन्।

    अहिले सुनारको विषयमा प्रधानमन्त्री र केही मन्त्रीले छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

    सुनारविरुद्ध विभिन्न अभियोगको मुद्दा दर्ता भएको र प्रहरीको फरार सूचीमा पनि रहेको पाइएपछि अहिले उनको आलोचना भइरहेको छ।

    कार्कीले सुनारलाई श्रम रोजगारमन्त्रीमा सिफारिस गरेकी थिइन्। त्यस्तै डा सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपति लाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री बनाउन सिफारिस गरेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार