Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • थापाथलीका अवैध संरचनामाथि महानगरले चलायो डोजर


    आइतबार, कार्तिक ९ २०८२
    500
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले थापाथलीमा बनेका अवैध संरचनामाथि डोजर चलाएको छ।

    महानगरपालिका-१९ स्थित थापाथली चोकबाट त्रिपुरेश्वरतर्फ जाने सडक छेउमा बनेका नक्सापासबिनाका संरचनामाथि डोजर चलाइएको महानगरका नगर प्रहरी प्रमुख राजुरनाथ पाण्डेले जानकारी दिए।

    उनले त्यहाँस्थित गुठीसँगको समन्वयमा संरचनामाथि डोजर चलाइएको पनि बताए।

    ‘अहिले भत्काइएका कुनै पनि संरचनाको नक्सापास छैन। हामीले यहाँको गुठीसँग समन्वय गरेर काम गरिरहेका छौँ’ उनले भने

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार