Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • हायात होटलको सेवा बन्द भएकोप्रति प्रधानमन्त्री कार्कीको चासो, सुरक्षा दिने सरकारको प्रतिबद्धता


    शनिबार, कार्तिक ८ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान जानकारी लिएका छन् ।

    कुराकानीका क्रममा अर्थमन्त्री खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताए । उनले व्यवस्थापन पक्षलाई विचलित नभई सेवा सुचारु गर्न पनि आग्रह गरे ।

    ‘तपाईंहरु आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ,’ खनालले भने, ‘सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’

    होटल बन्दबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार