Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने 


    शुक्रबार, कार्तिक ७ २०८२
    625
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले छठपछि विश्वासको मत लिने भएका छन् । उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    यसबीचमा चाडपर्व परेकाले छठपछि विश्वासको मत लिने तयारीमा रहेको मुख्यमन्त्री सोनलले जानकारी दिएका छन् । उनी जनता समाजवादी पार्टी ९जसपा० नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

    मधेश प्रदेश सभामा यी पाँच राजनीतिक दलको सांसद संख्या ५७ छ भने जसपा नेपालको १९, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ९ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद भए पुग्छ ।

    तर, जनमत पार्टीबाट प्रदेशसभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत फुटेर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन् । तथापि, जनमत पार्टीको विभाजन सम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले होल्ड गरिदिएको छ । अब विभाजनले अदालतबाट आधिकारिता नपाउँदासम्म जनस्वराज पार्टीमा सनाखत गरे तापनि जनमत पार्टीको संसदीय दलकै ह्वीप लाग्नेछ ।

    जसपा नेपालका एकजना सांसद पनि निलम्बनमा छन् । मधेश प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहा निलम्बित रहेकाले विश्वासको मतमा भोट हाल्न पाउँदैनन् । केही गरी जनमत पार्टीका दुई जनाले मत दिएनन् भने समर्थन गरेका दलबाट सोनललाई मत दिनेको संख्या ५४ मा झर्न सक्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार