काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफुविरुद्ध थप केही गर्छ भन्ने आशंका बढाएको बताएका छन् ।
बुधबार बालकोटस्थित जलेर ध्वस्त भएको घर हेर्न पुगेका ओलीले सञ्चारर्कीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री ओमप्रकाश अर्यालको अभिव्यक्तिका कारण सरकारले आफुविरुद्ध थप केही गर्छ भन्ने आशंका बढाएको बताएका हुन् ।
साथै उनले गृहमन्त्री अर्यालले आफूविरुद्ध व्यक्तिगत दुश्मनी साँधेको पनि आरोप लगाए । ‘गृहमन्त्रीको अभिव्यक्तिमा सरकारको उद्देश्य र मनसाय देखिन्छ, ममाथि व्यक्तिगत दुश्मनी देखिन्छ, मैले उहाँहरूको सीमा मिचेको छैन’ उनले भने, ‘घर कहाँ हो थाहा पनि छैन, केही गरेको छैन, तर दुश्मनी चर्को देखिन्छ । त्यसमा सरकारले थप केही गर्ने योजना बनाइरहेको आशंका छ ।’
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा घटेका घटना सम्बन्धमा बयान दिन नजाने भन्ने ओलीको अभिव्यक्तिलाई लिएर गृहमन्त्री अर्यालले कानूनभन्दा माथि कोही नरहेको बताएका थिए ।
गृहमन्त्रीका अभिव्यक्तिले सरकार आफूलाई पक्रने योजनामा रहेको ओलीले आशंका व्यक्त गरेका हुन् ।
साथै उनले अचानक पलाएको सरकारका धाक धम्कीसँग एमाले नडराउने पनि बताए ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend