काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन्। आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको छ।
घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारी विरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि कारवाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।
घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए। ‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ। के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो।
छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चार मन्त्री जगदीश खरेलको पनि सहभागिता थियो।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी हामी काम गर्छौँ। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ। चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन्। आआफ्नो ठाउँबाट काम भइरहेको छ। तपाईँहरू बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ। छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला।’
घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए। गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखा पर्न थालेको बताए।
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्। भ्रमणका क्रममा...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend