Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री नियुक्त


    मंगलबार, कार्तिक ४ २०८२
    715
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कट्टर रूढिवादी सानाए ताकाइची जापानको प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको संसदले मंगलबार ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको हो ।

    राजनीति र कार्यस्थलमा वृद्ध पुरुषहरूको प्रभुत्व रहेको जापानजस्तो पितृसत्तात्मक देशका लागि यो एक ऐतिहासिक क्षण हो ।

    आर्थिक समस्या र विभाजित राजनीतिले ग्रस्त जापानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्धारित भ्रमणको केही दिनअघि नै ताकाइचीले यो जिम्मेवारी सम्हालेकी हुन् ।

    ताकाइची अक्टोबरको सुरुमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेता चुनिएकी थिइन् । उनको विजयले विवादले ग्रसित एलडीपीको राजनीतिक झुकावलाई थप दक्षिणपन्थी बनाएको सङ्केत गरेको छ ।

    संसद्का दुवै सदनबाट प्रधानमन्त्रीमा निर्वाचित भए पनि अब उनले १२ करोड जापानी जनताको अपेक्षालाई सम्बोधन गर्नुपर्नेछ । वस्तुहरूको उच्च मूल्य नियन्त्रण गर्नु उनको पहिलो चुनौती हुनेछ ।

    जापानको मुख्य खाना चामलको मूल्य गत वर्षको तुलनामा दोब्बर भएको छ । जापानको घट्दो जन्मदर, खुम्चँदो कार्यशक्ति र बढ्दो वृद्ध जनसंख्याको निरन्तर समस्या पनि उनका लागि महत्त्वपूर्ण चुनौती हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार