Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बक्यौता नतिर्ने ६ उद्योगको लाइन विद्युत प्राधिकरणले काट्यो


    मंगलबार, कार्तिक ४ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा नेपाल विद्युत प्राधिकरणले पुन ६ वटा उद्योगको लाइन काटेको छ।

    प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ।

    तर उद्योगीहरूले भने प्राधिकरण र उद्योगीबीच भएको सर्तअनुसार विद्युत उपयोगको प्रमाण उपलब्ध गराउन माग गर्दै आएका छन्।

    प्राधिकरणले मंगलबार बिहानबाट जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति लाइन काटेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार