काठमाडौं । एमालेका नेता महेश बस्नेतले जेनजीको आवरणमा अँध्यारो कोठामा बसेर देश बर्बाद पार्नेलाई नछाड्ने बताएका छन् । जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका एनजीओ आइएनजीओ मार्फत् देशलाई बर्बाद पार्ने विदेशी सँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने काम सुरु भएको बस्नेतले उल्लेख गरेका छन् ।
एमालेले उनलाई तीन वटा जिम्मेवारी दिएको उल्लेख गर्दै सामाजिक संजालमा लेखेका छन्–पार्टी नेतृत्वको निर्देशनमा राष्ट्रिय युवासंघ नेपाललाई प्रदान गरिएबमोजिम तीनवटा जिम्मेवारी कामहरू तीब्र गतिमा अगाडि बढेको जानकारी गराउँछु ।
१. जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका एनजीओ आइएनजीओ मार्फत् देशलाई बर्बाद पार्ने विदेशी सँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने काम सुरु भएको छ । एकजनालाई मात्र लिफ्ट प्रयोग गर्ने अनुमति भएको काठमाडौंको एक सरकारी कार्यालयमा को को बसेर देशको मुटु जलाउने योजना बनाए भन्ने डरलाग्दो सूचना पनि प्राप्त भएको छ ।
२. भदौ २४ गते सरकारी र व्यक्तिगत सम्पत्ति तथा प्रहरी चौकी नष्ट गर्ने र तोडफोड गर्ने व्यक्तिहरूको विषयमा अहिलेसम्म ६ हजार ३ सय ४७ वटा भिडियो क्लिप र उनीहरूको व्यक्तिगत विवरण प्राप्त भएको छ । यसरी प्राप्त विवरणहरु विवरण बैंकमा राखिएको छ । अन्य विवरण पठाउन सबैमा अनुरोध गर्दछु ।
देश जलाएर बनेको अहिलेको सरकारले सरकारी र व्यक्तिगत सम्पत्तिमा आगजनी गर्ने र सुरक्षाकर्मीलाई मार्नेहरुको संरक्षण गर्ने नीति लिएको छ । अहिलेको सरकारले ती अपराधीलाई संरक्षण गरे पनि हामी उनीहरूलाई उन्मुक्ति दिने छैनौं । देशको रक्षा एमालेले गर्छ, जनताको रक्षा एमालेले गर्छ ।
३. देशभरका प्रत्येक टोलमा डिजिटल जेनेरसन फोर्स (DG Force ) र टोल सुरक्षा समूह गठन गर्ने काम अघि बढाइएको छ । तिनले प्रहरीको मनोबल बढाउने र स्थानीय तवरमा भएका अपराध नियन्त्रणका लागि सहयोग गर्नेछ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend