Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • विपिन जोशीको शवयात्रामा इजरायली प्रतिनिधि सहभागी, आजै महाकाली नदीमा अन्त्येष्टि गरिने


    मंगलबार, कार्तिक ४ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको अन्त्येष्टि अघि शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकास्थित भासीबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो ।

    शवयात्रामा नेपालका लागि इजरायली राजदूत सहित ३ जना प्रतिनिधि सहभागी छन् । उनको आजै अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानसहित धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने छ ।

    कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी सागर बोहराले विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने जानकारी दिए । अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

    त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

    सोमबार मात्र इजरायलबाट नेपाल ल्याइएको जोशीको शव काठमाडौं हुँदै नेपाली सेनाले स्काई ट्रकमा सोमबार बेलुका नै घर पुर्याएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार