Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रधानमन्त्री कार्कीले चुनावबारे ७ दलहरूसँग छलफल गर्दै


    मंगलबार, कार्तिक ४ २०८२
    730
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे दलहरूलाई बोलाइएको छ ।

    प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट यो औपचारिक छलफल हुन लागेको हो । यसअघि शीतल निवासमा राष्ट्रपतिले दलका नेतासँग गरेको छलफलमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति थियो ।

    आसन्न फागुन २१ को निर्वाचनमा केन्द्रित रहेर प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलमा प्रमुख ७ दललाई निम्त्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार