Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • दल दर्ताका लागि थप तीन वटा पार्टी निर्वाचन आयोगमा


    सोमबार, कार्तिक ३ २०८२
    785
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । दल दर्ताका लागि थप तीन वटा पार्टी निर्वाचन आयोग पुगेका छन् ।

    नेपाल लिबरल पार्टी नामक पार्टी दर्ताका लागि पुगेको छ । यो पार्टीको अध्यक्षमा गोपीलाल न्यौपाने छन् । चुनाव चिन्ह सिक्का रहेको छ ।

    राष्ट्रिय परिवर्तन पार्टी पनि दल दर्ताका लागि आयोग पुगेको छ । यसको अध्यक्षमा अजयकुमार छन् र चुनाव चिन्ह बाँसुरी रहेको छ । राष्ट्रिय जेनजी पार्टी नेपाल पनि दर्ता दर्ताका लागि पुगेको छ । यो पार्टीको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन् । चुनाव चिन्ह ‘क्रस खुकुरी’ छ ।

    यी तीन वटै पार्टी दर्ताको निवेदन आइतबार निर्वाचन आयोग पुगेको हो । दल दर्ताको निवेदन प्राप्त भएको र डकुमेन्ट अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ ।

    योसँगै जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने पार्टीको संख्या ७ पुगेको छ । नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको निवेदन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार